काभा महिला भलिबल: सेमिफाइनलमा नेपालले इरानसँग भिड्ने
काठमाडाैं | साउन २१, २०८१
काठमाडौं: नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । माल्दिभ्समाथि २५–६, २५–१९, २५–१८ को सहज जित निकाले पनि नेपाल लिगमा दोस्रो बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले चार खेलबाट नौ अङ्क बनायो । नेपालले यसअघि श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । चार खेलबाट सात अङ्क बनाएको इरानले तेस्रो बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
यस्तै सोमबार नै भएको खेलमा भारत श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो । भारतले श्रीलङ्कामाथि २५–१३, २५–२१, २५–२० को नतिजा निकालेको थियो । जितसँगै भारतले चार खेलबाट १० अङ्क बनायो ।
हारेपनि चार अङ्कसहित शीर्ष चारमा अटाएको श्रीलङ्का र भारतबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स यसअघिकै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले लिग चरणमा सबै हार खेप्यो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

